Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको शेयर बाँडफाँड !

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १६ : १० मा प्रकाशित

मेगा बैंकको शेयर बाँडफाँड !

अर्थ संसार, काठमाडौँ -  मेगा बैंक नेपाल लिमिटेडले असाेज ११ गते, आइतबारदेखि असाेज १८ गते, आइतबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयर हिजाे (कार्तिक ५ गते, बुधबार) बाँडफाँड गरिएकाे छ । उक्त लिलामी शेयरमा परेका बाेलपत्रहरू असाेज २९ गते, बिहीबार खोलि हिजो बाँडफाँड गरिएकाे हो ।  

बैंककाे शेयरमा सर्वसाधारण समुहमा ५ हजार १५१ जना र संस्थापक समूहमा ११९ जनाले आवेदन दिएका थिए । बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे ।

त्यसैगरी, बैंकले शेयर बाँडफाँडमा नपरेकाे शेयर बापतकाे रकम आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने पनि बैंकले जनाएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको