Like us!
Follow us!
Connect us!
Watch us!

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट ७ लाख रुपैँया हस्तान्तरण

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १६ : ५५ मा प्रकाशित

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट ७ लाख रुपैँया हस्तान्तरण

दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ । 

मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बिराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ । 

मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका थिए । २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । मेगा बैकले तलबी खातामा बीमा सुबिधा प्रदान गर्दै आएको बैंकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए ।

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको छ । ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैंकले ग्राहकहरुका लागि यो योजना ल्याएको हो ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको