Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा १६ प्रतिशत लाभांश घाेषणा

अर्थ संसार

शुक्रबार, ०७ कार्तिक २०७७, ११ : १६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा १६ प्रतिशत लाभांश घाेषणा

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने १६ प्रतिशत लाभांश घाेषणा गरेकाे हो । 

बैंककाे हिजाे (बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे वितरण योग्य मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकका अनुसार उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको