ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कति कमायो नाफा ?
ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्बभन्दा बढी नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो ९ महिनामा ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हो, जुन गत वर्षको सोही अवधिको तुलनामा कम हो। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो।
ब्याज आम्दानी
नाफामा आएको गिरावटको मुख्य कारण ब्याज आम्दानीमा कमी हुनु हो। गत वर्ष तेस्रो त्रैमाससम्म १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस वर्ष ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ मात्र ब्याज आम्दानी गरेको छ।
वितरणयोग्य मुनाफा/सञ्चालन मुनाफा
यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा घटेर ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।
चुक्तापुँजी र रिजर्भ
बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ । रिजर्भमा २६ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ संचित छ।
खराब कर्जा अनुपात/प्रतिसेयर आम्दानी
यो अवधिमा बैंकको खराब कर्जा अनुपातमा भने सुधार भएको छ। बैंकको खराब कर्जा अनुपात ०.६९ प्रतिशतमा झरेको छ। साथै, बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १५.४० रुपैयाँ कायम भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस