Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको बोलपत्र आइतबार खोलिने

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०७७, ०७ : ४२ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको बोलपत्र आइतबार खोलिने

अर्थ संसार, काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समुहको शेयरमा परेका बोलपत्रहरु पर्सि (कार्तिक १६ गते आइतबार) खोलिने भएको छ ।

संस्थाले असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म १ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि खुल्ला राखेको थियो ।

उक्त शेयरमा सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु कार्तिक १६ गते खोल्न लागेको हो ।

उक्त बोलपत्रहरु एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे खोलिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको