Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे नेशनल माइक्राेफाइनान्सकाे काराेबार फुकुवा

अर्थ संसार

मंगलबार, १० माघ २०७९, १५ : ५१ मा प्रकाशित

नेप्सेले गर्याे नेशनल माइक्राेफाइनान्सकाे काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले संस्थालाई सचेत गराउँदै काराेबार फुकुवा गरेकाे हाे ।

संस्थाले काराेबार समयमै आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने सूचना सार्वजनिक गरेकाे थियाे । संस्थाले नेप्सेमा लाभांश सम्बन्धी सूचना काराेबार समयमा दिएका हुनाले हिजाे नेप्सेले ३ दिने स्पष्टिकरण माग्दै संस्थाकाे कारोबार रोक्का गरेको थियाे ।

त्यसैगरी, संस्थाले अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताका शर्तको पूर्णपालना गर्ने क्षमायाचना सहितको प्रतिवद्धता व्यक्त गरेका हुनाले आगामी दिनमा यस्ता प्रकारका त्रुटी नगर्न सचेत गराउँदै संस्थाकाे धितोपत्रको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ ।

नेप्सेले  प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

63cfaf674dca1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको