Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १२ : ५४ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

अर्थ संसार, काठमाडौँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक लाख ४ हजार कित्ता शेयर  बिक्री गर्न लागेकाे हाे ।

उक्त शेयरको न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा तोकिएको छ । उक्त संस्थापक शेयरहरु खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मंसिर १७ गते, बुधबारबाट पाैष १ गते बुधबारसम्म आवेदन दिनु सक्नेछन् ।

उक्त शेयर खरिद गर्दा न्युनतम एक हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

उक्त शेयरको बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेड गर्नेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको