अर्थ संसार, काठमाडौँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक लाख ४ हजार कित्ता शेयर बिक्री गर्न लागेकाे हाे ।
उक्त शेयरको न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा तोकिएको छ । उक्त संस्थापक शेयरहरु खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मंसिर १७ गते, बुधबारबाट पाैष १ गते बुधबारसम्म आवेदन दिनु सक्नेछन् ।
उक्त शेयर खरिद गर्दा न्युनतम एक हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त शेयरको बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेड गर्नेछ ।