Like us!
Follow us!
Connect us!
Watch us!

अमिताव बच्चन व्यवसायिक घरानाले सबैभन्दा विश्वास गर्ने सद्भावना दूत

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०७७, ११ : १३ मा प्रकाशित

अमिताव बच्चन व्यवसायिक घरानाले सबैभन्दा विश्वास गर्ने सद्भावना दूत

अर्थ संसार, काठमाडौं - बलिउड अभिनेता अमिताभ बच्चन ७८ वर्षको उमेरमा पनि भारतकाे सबैभन्दा विश्वसनीय, सम्मानित र प्रतिष्ठित सद्भावना दूत बनेका छन् । भारतीय मानव ब्रान्डको संस्थानले गरेकाे अध्ययनमा अमितावलाई सबै व्यवसायिक घरानाले विश्वास गर्ने पहिलो ब्यक्तिका रूपमा देखाएकाे छ । 

यस अध्ययनलाई टियारा (ट्रस्ट, पहिचान, आकर्षण, सम्मान र अपील) नाम दिइएको थियो। यसमा देशका २३ शहरहरूमा ६० हजारभन्दा बढी व्यक्तिले उल्लेखित मापदण्डहरूका आधारमा यी सेलिब्रेटीलाई छानेका थिए । प्रश्न उठ्छ कि यो के कुरा हो जसले ७८ बर्षे अमिताभलाई अरूबाट फरक बनाउँछ। आईआईएचबीका प्रमुख संरक्षक संदीप गोयलले भने, 'बच्चन सदाबहार छन्। यस अध्ययनमा समेटिएका उनीभन्दा ५० बर्ष कान्छा  कलाकार र खेलाडीहरूलाई समेत उनले पछि पारे । कौन बनेगा करोडपतिको सफलतापछि अमिताभले विज्ञापनमा सेलिब्रेटीहरूको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेले। गत १० बर्षमा विज्ञापनहरूमा सेलिब्रेटीहरूको प्रयोग धेरै गुणा बढेको छ। आज ५०० भन्दा बढी ब्रान्डले तिनीहरूको विज्ञापनमा सेलिब्रेटीहरू प्रयोग गरिरहेका छन्।

कोहली सबैभन्दा ट्रेंडी, सुन्दर, स्टाइलिश, निडर र मनमोहक हुन् ।

टियारा रिपोर्टमा बलिउड, टेलिभिजन र खेलकुदका १८० सेलिब्रेटीहरू समावेश थिए। यसमा बलिउडका ६८, टेलिभिजनबाट ६७ र खेलकुद जगतबाट ३७ जना सामेल थिए। साथै ७ जना शक्तिशाली जोडीहरू पनि समावेश थिए। रिपोर्टका अनुसार टीम इंडियाका कप्तान विराट कोहली देशका सबैभन्दा ट्रेंडी, सुन्दर, स्टाइलिश, निडर र आकर्षक सेलिब्रेटी हुन्। आकर्षणको मामलामा आलिया भट्ट पहिलो विकल्प हुन् भने विराट कोहली दोस्रो । टीम इंडियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी सबैभन्दा नयाँपन दिने, धरातलबाट उठेका, मैत्रीपूर्ण र प्रामाणिक सेलिब्रिटी छानिएका छन्।

अक्षय कुमार सबैभन्दा आकर्षक, कडा र सुन्दर सेलिब्रिटी छानिए, जबकि दीपिका पादुकोणले सबैभन्दा सुन्दर र ग्लैमरस सेलिब्रिटी उपाधि प्राप्त गरिन्। नवाजुद्दीन सिद्दीकी सबैभन्दा बहुमुखी र विशिष्ट हस्ती मानिए। आलराउन्डर हार्दिक पांड्यालाई सबैभन्दा विवादास्पद सेलिब्रेटी भनेर छानिएकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको