Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्त नाफाको बाटोमा

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०७७, १० : २३ मा प्रकाशित

समाज लघुवित्त नाफाको बाटोमा

अर्थ संसार, काठमाडौं– समाज लघुवित्त वित्तीय संस्थाले  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा संस्थाले ३९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ३ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

गत वर्ष ८ लाख ४३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यसवर्ष २९ लाख २६ हजार रुपैयाँ पुगेको छ । यता, लघुवित्त सञ्चालन घाटामा रहेको छ ।  रहेको छ । गत वर्ष २ लाख ३७ हजार रुपैयाँ रहेको सञ्चालन नोक्सान यस वर्ष बढेर ५ करोड ९६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । संस्थाको खराब कर्जा ०।०४५ छ । 

असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी वार्षिक १९ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १० पैसा छ । चुक्ता पुँजी २ करोड र जगेडा कोषमा १० लाख २० हजार रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको