Like us!
Follow us!
Connect us!
Watch us!

२३ प्रतिशत घट्यो समाज लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, १२ : ४५ मा प्रकाशित

२३ प्रतिशत घट्यो समाज लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडलेले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३९ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.५७ प्रतिशतले हो। कम्पनीको कर्जा लगानी ७.७७ प्रतिशत बढेपनि ब्याज आम्दानी बढ्न नसक्दा नाफा घटेको छ ।

कम्पनीले गत वर्षको यसै अवधिसम्म ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १६ पैसा रहेको छ।

कम्पनीको खुद ब्याज आम्दानी २ करोड रुपैयाँबाट घटेर १ करोड ७७ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा १ करोड रुपैयाँभन्दा बढीले ऋणात्मक रहेको छ। चुक्ता पूँजी २ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ४० लाख रुपैयाँ रहेको छ। कम्पनीले २८ करोड ३० लाख रुपैयाँ सापटी लिएर ४७ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह र १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

समीक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा ४.८२ प्रतिशतबाट घटेर ४.४९ प्रतिशतमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ १८ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको