Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओमा लगानी गरेका ६८ कम्पनी डुबे, डमरू बल्लभ भने सधैं नाफामा (भिडियाे कुराकानी)

अर्थ संसार टक

विहीबार, २० कार्तिक २०७७, ०७ : ०० मा प्रकाशित

 केशव रोक्का 

अर्थ संसार, काठमाडौं - एकै दिन सत्र वटासम्म पब्लिक कम्पनीकाे साधारणसभामा सहभागी भएर कम्पनीले गरेका अनियमितता विरूद्ध चर्काे आवाज उठाउँदै आएका डमरुबल्लभ घिमिरे काेराेना महामारीका कारण फुर्सदिला भएका छन् । 

सेयर भनेर सधैं दाैढधुप गरिरहने ७ दशक उमेर पुगेका घिमिरेलाई घरमै सीमित हुनु पर्दा कम्ती सकस भएकाे छैन । प्राथमिक सेयर निस्कासन हुँदा कुनै कम्पनीकाे पनि किन्न लाईन बसिहाल्ने घिमिरेसँग ४ आइपिओमा लगानी गरेकाे ४ दशककाे अनुभव छ । राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको तत्कालीन औद्योगिक निगम (एनआईडीसी) बैंकमा जागिरे रहेका बेला उनले सेयर बजारमा लगानी सुरू गरेका थिए । उनले नेपालकाे सबैभन्दा पूरानाे नेपाल बैंककाे आइपिओमा सर्वप्रथम आ वेदन गरेर १० कित्ता सेयर किनेका थिए । 
अहिले उनीसँग नेप्सेमा सूचिकृत कम्पनीकाे संख्याभन्दा धेरै कम्पनीका सेयर छन् । तीमध्ये ६८ वटा कम्पनी त अस्तित्वमै छैनन् । ती कम्पनीका सेयरका प्रमाणपत्रका चांग राखेर उनी कति घाटा भयाे भनेर औंला भाँच्छन् । 

उनले नेपाल बंगलादेश बैंक, नेपाल एसबीआई बैंकलगायतमा ५ घण्टा लाईन बसेर सेयर भर्दा पनि एक कित्ता नपरेका अनुभव छन् । उनी आइपिओमा नपरेका कम्पनीका सेयर पनि बजारमा लिस्टिंग हुनासाथ महंगाे मूल्य तिरेर किनिहाल्छन् । उनलाई आइपिओमा लगानी रक्सीको जस्तै नशा भएकाे बताउँछन् । 

अधिकांश कम्पनीहरूकाे साधारणासभामा हंगामा मच्चाउने ब्यक्तिका रूपमा डम्बरुवल्लभ चिनिएका छन् ।उनी आफू सेयरधनी भएका हरेक कम्पनीको साधारणसभामा पुग्छन् ।उनलाई एकै दिन १७ वटासम्म कम्पनीकाे साधारणसभामा पुगेर आ फ्ना धारणा राखेकाे अनुभव छ । 
संखुवासभा पुर्ख्याैली घर भएका घिमिरे रित्ताे हात काठमाडौं झरेका थिएँ । यहीँ संघर्ष गरे,  बैंकमा जागिर खाए, सेयरमा लगानी गरे । अहिले उनले काठमाडौंमा दुईवटा घर जाेडेका छन् । छोरा–बुहारी दुवैलाई एउटा बैंकमा जागिर लगाएका छन् । 

अर्थसंसार टकका लागि घिमिरे आ-फ्नाे सेयर लगानीयात्रा बताउँदा निकै खुलेर प्रस्तुत भए । उनले जीवनका उकाली ओरालीबारे गरेकाे थप कुराकानी भिडियाेमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको