Like us!
Follow us!
Connect us!
Watch us!

अब अर्थमन्त्रीसँग भेट्न क्युआर कोडमार्फत अग्रिम समय लिनुपर्ने

अर्थ संसार

विहीबार, ०७ साउन २०८३, १० : ५५ मा प्रकाशित

अब अर्थमन्त्रीसँग भेट्न क्युआर कोडमार्फत अग्रिम समय लिनुपर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरोकारवाला, विशिष्ट व्यक्ति तथा सर्वसाधारणसँगको भेटघाटका लागि निश्चित समय तालिका निर्धारण गरेका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार अबदेखि हरेक मंगलबार, बुधबार र बिहीबार अपराह्न ४:०० बजेदेखि ६:०० बजेसम्म भेटघाटको समय तोकिएको छ।

भेटघाटलाई सहज र व्यवस्थित बनाउन इच्छुक आगन्तुकले उपलब्ध गराइएको क्युआर कोडमार्फत भेटघाटको विषय खुलाएर अग्रिम समय (अपोइन्टमेन्ट) लिनुपर्नेछ। पूर्वनिर्धारित समय तालिका अनुसार नै भेटघाट गराइने भएकाले सोही बमोजिमको व्यवस्था अपनाउन सचिवालयले सम्बन्धित सबैमा आग्रह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको