Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, ११ : १० मा प्रकाशित

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा

अर्थ संसार, काठमाडौं -  महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको नाममा रहेको स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर लिलामी प्रक्रियाबाट  बिक्री गर्न लागेको हो ।

संस्थाले १ लाख २६ कित्ता संस्थापक समुहको शेयर लिलाम बढाबढ प्रक्रियाबाट विक्री गर्न लागेको हो  । उक्त शेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति, कम्पनी  संघ, संस्थाहरुले आज मंसिर  ७ गते आइतबारदेखि पौष १२ गतेसम्म सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्नेछन्  ।

उक्त शेयरको न्युनतम मूल्य ४ सय ९२ तोकिएको छ  । त्यसैले सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ  ।
उक्त शेयरको बिक्री प्रवन्धकको कार्य सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको