नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षा क्षेत्रमा भएको दलीयकरण नै सबैभन्दा ठुलो समस्या भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
सोही क्रममा उनले पार्टीमा आबद्ध भएका हजारौँ शिक्षकहरूले 'समुन्नत नेपाल' निर्माणका लागि आफ्नो स्थानबाट महत्त्वपूर्ण योगदान दिन सक्ने समेत उल्लेख गरे।
उनले भने, ‘शिक्षामा राजनीति भयो भन्छौँ । शिक्षामा राजनीति भएन भन्छौँ, शिक्षामा दलीयकरण भयो । हामीलाई व्यवस्थापन समितिमा पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो । त्यसको शिक्षक पनि हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनुपर्यो । त्यो राजनीति होइन, त्यो दलीयकरण थियो । दलीयकरण बाहिर निस्कनुपर्यो । मैले आजको दिनमा कांग्रेस सभापति भएर शिक्षक सङ्घमा आबद्ध हुनुभएको शिक्षकलाई गर्ने आग्रह भनेको भूमिका ठीक ढङ्गले विद्यालयमा निर्वाह गर्दिनुस् । त्योभन्दा ठूलाे नेपाली कांग्रेसलाई लगाउने गुण अरू केही पनि हुँदैन।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस