Like us!
Follow us!
Connect us!
Watch us!

आस्वाले तानेन साना लगानीकर्ता, शुल्क महंगो भएको गुनासो

आइतबार, १० बैशाख २०७४, १८ : ५७ मा प्रकाशित

आस्वाले तानेन साना लगानीकर्ता, शुल्क महंगो भएको गुनासो

अर्थ संसार 
काठमाडौँ– थोरै लगानी गरेर राम्रो प्रतिफल हासिल गरौला भन्ने आशामा सेयर बजारमा लगानी गरेका लगानीकर्ताका लागि आस्वा प्रणाली दिनभरीको सिकार कान्छा बाऊको अनुहार जस्तै भएको छ ।आस्वा प्रणालीको शुल्क बढी भएका कारण साना लगानीकर्तालाई त्यसले सहज रुपमा प्रतिफल दिन सकेको छैन ।

जसका कारण साना लगानीकर्ताले फारम किनेर प्राथमिक शेयर भरिरहेका छन् ।आश्वाको शूल्क महँगो भएका कारण साना लगानीकर्ताले फारम किनेर आवेदन दिइरहेका हुन् । माहुली लघुवित्त संस्थाको प्राथमिक शेयर आवेदनमा साना लगानीकर्ताले शुल्क महँगो भन्दै फाराम किनेर भरेको पाइएको छ । साना लगानीकर्तालाई आस्म्वा प्रणालीले सहजता दिएपनि लगानी बढी पर्ने भउकाले उनीहरु फारम किनेर नै सेयर भरेका हुन् ।

सान्यता दश वटा कम फर्म भर्ने लगानीकर्तालाई प्रति फर्म वापत रु एक सयका दरले तिर्नुपर्ने भएकाले पनि फारम भर्नु नै सहज हुन थालेको छ ।धितोपत्र बोडएको निर्देशनअनुसार आस्वा प्रणाली लागू भएको छ । बैंकको खातामा नै रकम जम्मा गरे हुने भएपनि शुल्क महंगो लाग्ने गरेको छ । शुल्क महंगो भएको विषयमा सरोकारवालाले बोर्डका् ध्यानकर्षण गराएपनि सो विषयमा हालसम्म कुनै निर्णय हुन सकेको छैन । बोर्डले निर्णय नगर्दा साना लगानीकर्ता मारमा परेका छन् ।

साना लगानीकर्तालाई आश्वाले तान्न सकेको छैन, साना सेयर लगानीकर्ता सञ्जय प्रधानले भने । यस्तै पुनम मुल्मी पनि दिनभर आफ्नो अन्य काम नभएकाले फर्म किनेर थोरै पैसा खर्च गरेर नै सेयर आवेदन गरेको बताउँछिन् ।

एउटा शेयर भर्दा सय रुपैयाँ शुल्क छ । मेरो दिनभरी काम छैन त्यसैले तीनवटा फारम ६ रुपैयाँमा किनेर भरे’अर्की सेयर लगानीकर्ता उपमा शर्मा बताउँछिन् ।पछिल्लो समयमा शेयर निष्कासन हुँदा पचास गुणा भन्दा बढी आवेदन पर्ने गरेको छ । बढी आवेदन हुँदा गोलाप्रथाबाट शेयर बाँडफाँड गरिन्छ ।बाँडफाँडमा शेयर नपर्दा साना लगानीकर्ताको अतिरिक्त रकम खर्च हुने भएकोले महँगो शुल्क तिर्न ईच्छुक नभएको पाइएको हो ।

आश्वा प्रणालीप्रति ठूला लगानीकर्ताको भने आकर्षण देखिएको छ। नेपाल धितोपत्र बोर्डले आश्वा प्रणाली लागु परेपछिको महत्वपुर्ण निस्कासन स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओमा ६५ प्रतिशत बढि लगानी आश्वा मार्फत भएको छ । एफपिओमा ३८ अर्ब २० करोड रुपैयाँको आवेदन भएकोमा २४ अर्ब ५१ करोड रुपैयाँ आश्वा मार्फत आएको थियो भने पुरानै शैलीमा फर्म भरेर १३ अर्ब ६ करोड रुपैयाँ बराबरको आबेदन परेको थियो ।

आश्वा प्रणालीमा लगानीकर्ताले आफ्नो खातामा रहेको रकम रोक्काको सूचना बैंकलाई दिएर शेयरमा आवेदन दिन सक्छन्। यसरी आवेदन दिँदा बैंकले औसतमा १०० रुपैयाँ शुल्क लिने गरेका छन्। साना लगानीकर्ताले थोरै रकम आवेदन गर्दा पनि १०० रुपैयाँ तिर्न भन्दा लाइननै बस्न उचित ठानेका छन् ।
त्यस बाहेक लगानीकर्ताले ब्याजको समेत तुलना गरेका छन । आश्वामा लगानी गर्न बचत खातामा पैसा राख्नु पर्ने हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको