महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले मंसिर १७ गते संस्थालाई पत्र पठाउँदै एफजीओ जारी गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई जारी गर्नेछ । महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस