Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पको जितसंगै अमेरिकी सेयर बजार बुम बुम

अर्थ संसार

विहीबार, २२ कार्तिक २०८१, १२ : ३८ मा प्रकाशित

ट्रम्पको जितसंगै अमेरिकी सेयर बजार बुम बुम

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी सेयर बजारमा उत्साह छाएको छ । 

रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औ राष्ट्रपति निर्वाचित भएसँगै अमेरिकाका लगानीकर्ता उत्साह र मनोबल बढेको हो।  

ट्रम्पको पुरआगमनसँगै अमेरिकाको प्रमुख स्टक न्यूयोर्क स्टक एक्सचेन्जको प्रमुख NYSE Composite परिसूचक १.७८ प्रतिशतको वृद्धि देखिएको छ । उक्त इन्डेस एकै दिन ३६४. २२ अंकले बढेर १९८२८ विन्दुमा पुगेर बन्द भएको हो। 

तेस्तै, Dow Jones Industrial Average परिसूचक १५०८.०५ अंकले अर्थात् ३.५७ प्रतिशतले बढेको छ । अर्को परिसूचक Nyse U.S 100 Index ३७३.३६८६ अंकले अर्थात् २.२५ प्रतिशतले बढेको छ । S&P ५०० Index पनि २.५३ प्रतिशतले उकालो लागेको छ भने NYSE Fang+TM Index मा २.६० प्रतिशत बढेर बन्द भएको छ। 

अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई  सेयर बजारले उत्साहका साथ स्वागत गरेको छ । उनको कार्यकालमा देशको अर्थतन्त्रसँगै अमेरिकी सेयर बजार बलियो हुनसक्ने दाबी लगानीकर्ताले गरिरहेका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको