Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनी — शिवम सिमेन्ट नम्बर वानमा हुँदा ३ कम्पनीमा गम्भीर आर्थिक दबाब

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, १४ : ०२ मा प्रकाशित

नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनी — शिवम सिमेन्ट नम्बर वानमा हुँदा ३ कम्पनीमा गम्भीर आर्थिक दबाब

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीहरुमध्ये शिवम सिमेन्ट्स मात्र नाफामा देखिएको छ । 

३ महिनामा शिवम् सिमेन्ट्सले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा यो कम्पनी घाटामा थियो । 

यो अवधीमा सोनापुर, घोराही र सर्वोत्तम सिमेन्टले भने ६० करोड ९० लाख घाटा व्यहोरेका छन् । चुक्ता पुँजी १७ अर्ब ३१ करोड ९७ लाख रुपैयाँ बराबर रहेका यी तीन कम्पनीको जगेडा कोष तथा सेयर प्रिमियममा १३ अर्ब ३१ करोड रुपैयाँ जम्मा छ । कम्पनीहरुले ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको सिमेन्ट बिक्रीबाट आम्दानी गरेका छन् । 

व्यापारमा गिरावट आउँदा यो तिन महिने अवधिमा घोराही सिमेन्ट ५१ करोड ३७ लाख, सर्वोत्तम सिमेन्ट २ करोड २५ लाख र सोनापुर मिनरल ८ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेका छन् । 

चुक्ता पुँजी 

शिवम् सिमेन्ट्स लिमिटेडको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ देखिएको छ ।
सर्वोत्तम सिमेन्टको ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । घोराहीको ४ अर्ब ५६ करोड र सोनापुरको पुँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

जगेडा कोष तथा सेयर प्रिमियम

सबैभन्दा धेरै जगेडा कोष तथा सेयर प्रिमियम सर्वाेत्तम सिमेन्टको देखिएको छ । यसको उक्त कोषमा ४ अर्ब २३ करोड रुपैयाँ भन्दा धेरै छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ४ अर्ब ४८ करोड, घोराहीको २ अर्ब ७३ करोड र सोनापुरको १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । 
व्यापार

सबैभन्दा धेरै सिमेन्ट बिक्री गर्ने कम्पनी सर्वोत्तम रहेको छ । यसले १ अर्ब ४५ करोड रुपैयाँको व्यापार गरेको छ । शिवम् सिमेन्ट्सले १ अर्ब ४० करोड, घोराहीले ६५ करोड ८४ लाख र सोनापुरले ३४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको रिपोर्टमा देखिएको छ । 

वित्तीय खर्च

यो अधिमा समग्रमा वित्तीय खर्च ४१ करोड १२ लाख रहेको छ । 

अन्य आम्दानी

कम्पनीहरुको समग्रमा अन्य आम्दानी ११ करोड ४९ लाख रुपैयाँ छ । 

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

चार सिमेन्ट कम्पनी मध्ये नाफामा अग्र स्थानमा रहेको शिवम प्रतिसेयर आम्दानीमा पनि अगाडी रहेको छ । चालु आवको तीन महिनामा शिवम सिमेन्टकोे प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ रहेको छ । अन्य कम्पनीहरुको प्रतिसेयर आम्दानी भने ऋणात्मक अवस्थामा रहेको छ । प्रतिसेयर नेटवर्थमा भने घोराही सिमेन्ट अग्र छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९६.६३ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको