नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अकंले बढेर २७७५.८५ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोडको सेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै आज जानकी फाइनान्सको २६ करोड ५१ लाख रुपैयाँ,बेस्ट फाइनान्सको २४ करोड ६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ८७ लाख रुपैयाँ,एनआईसी एसिया बैंकको १७ करोड २५ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावरको १७ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसैगरी नेसनल हाइड्रोपावरको १६ करोड ८६ लाख रुपैयाँ,शिवश्री हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँ,युनाइटेड इदी मर्दीको १५ करोड ८७ लाख रुपैयाँ र एलआईसी नेपालको १५ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस