नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकै दिन चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपी पावर र सीएचडीसी बोनस सेयर सूचीकृत भएको हो ।
बुधबार ,नेप्सेमा एभरेष्ट बैंकको १० प्रतिशत बापतको १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता, कामना सेवा विकास बैंकको ७ प्रतिशत बापत २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस्तै, अपि पावरको ५ प्रतिशत बापतको २८ लाख ९३ हजार २९८.९५६ कित्ता र सीइडीबी होल्डिङ्गको ११ प्रतिशत बापत १० लाख २४ हजार ९१९.६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस