Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से २६८० मा सीमित – यो हप्ता किन घट्यो बजार?

अर्थ संसार

शनिबार, ०८ मंसिर २०८१, १७ : २४ मा प्रकाशित

नेप्से २६८० मा सीमित – यो हप्ता किन घट्यो बजार?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यो हप्ता लगातार गिरावटको सामना गरिरहेको छ। गत हप्ताको बिहीबार, १४ नोभेम्बर २०२४ मा २७४८.७८ अंक रहेको नेप्से सूचकांक यस साताको अन्तिम दिन २६८०.४४ मा झरेको छ। यो गिरावटले लगानीकर्ताहरूको मनोबल कमजोर भएको स्पष्ट देखिन्छ।

५२ हप्ताको उच्च ३०००.८१ र न्यूनतम १८३७.७१ अंकको बीचमा रहेको नेप्से सूचकांकले केही महिनायता सकारात्मक वृद्धि देखाए पनि पछिल्लो समय मन्दीको सङ्केत दिन थालेको छ। विश्लेषकहरूले सूचकांक फेरि उकालो लाग्ने प्रक्षेपण गरे पनि बजारले अपेक्षित सुधार देखाएको छैन।

सूचकांकको गिरावटसँगै, बजार पूँजीकरण र दैनिक कारोबारमा पनि कमी आएको छ। १४ नोभेम्बरमा १०.३२ अर्ब रुपैयाँ रहेको दैनिक कारोबार मात्रा यस साताको मध्यतिर घटेर ७.०९ अर्ब रुपैयाँमा सीमित भएको थियो। साताको अन्त्यसम्ममा भने कारोबार मात्रा अलि सुधार हुँदै ८.२५ अर्ब रुपैयाँ पुगेको छ।

बजार पूँजीकरण पनि गिरावटमा छ। नेप्सेका सबैजसो उपसमूहहरूले यस हप्ता नकारात्मक प्रदर्शन गरेका छन्।

राजनीतिक अस्थिरता: बजारमा थप असर

यस हप्ताको नेप्से गिरावटमा राजनीतिक अस्थिरताले पनि ठूलो भूमिका खेलेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जान लागेका छन्। भ्रमणको मुख्य एजेन्डामा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना छ। एमाले: बीआरआईलाई ऋणका रूपमा भए पनि स्वीकार गरेर कार्यान्वयन अघि बढाउनुपर्ने अडानमा छ।नेपाली कांग्रेस: परियोजनालाई अनुदानका रूपमा मात्रै स्वीकार गर्नुपर्ने र ऋणका रूपमा लिँदा देशको आर्थिक भार बढ्ने तर्कमा छ।

दुवै पक्षबीचको चर्को विवादले सरकारको आन्तरिक सहकार्यलाई कमजोर बनाएको छ। यो अस्थिरताले लगानीकर्तामा नकारात्मक सन्देश पुर्याएको छ।

लघुवित्त पिडितहरूको आन्दोलन

लघुवित्त संस्थाहरूको अत्यधिक व्याजदरको विरोध गर्दै पिडितहरूले पुनः आन्दोलन सुरु गरेका छन्। तीन वर्षदेखि सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएकोमा उनीहरूको असन्तुष्टि छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको