Like us!
Follow us!
Connect us!
Watch us!

म्याक्स भिजनले पाँच लाख कित्ता सेयर जारी गर्दै

आइतबार, १० बैशाख २०७४, १९ : १२ मा प्रकाशित

म्याक्स भिजनले पाँच लाख कित्ता सेयर जारी गर्दै

अर्थ संसार 
काठमाडौँ– विभिन्न सवारी साधानको पाटपूर्जा एवम् सानमाहरुको बिक्री वितरण गर्दै आएको म्याक्स भिजन लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।कम्पनीले एन आई सी एसिया क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले पाँच करोड बराबरको ५ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी थालेको हो । दुई कम्पनीबीच सेयर निष्काशन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा एन आई सी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा म्याक्स भिजन लिमिटेडका अध्यक्ष केशव प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

हाल सेयरबजारमा बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत कम्पनीको मात्र साधारण शेयरहरुको धितोपत्र निष्कशन भइरहेको बेला व्यापार मुलक कम्पनी सेयरबजारमा भित्रन खोज्नु सकारात्मक भएको बताइएको छ ।

क्यापिटलले म्याक्स भिजन जस्तै अन्य इच्छुक निजि क्षेत्रका कम्पनीहरुलाई पनि सर्वसाधारणमा शेयर निष्कशन गर्न प्रोत्साहन गर्न सोही अनुरुप बिशेष पहल गरिरहेको खनालले बताए ।
म्याक्स भिजन लिमिटेडका अध्यक्ष केशव प्रसाद श्रेष्ठले आइपीओ जारी गर्न कम्पनीले पुरा गर्नुपर्ने प्रारम्भिक प्रक्रियाहरु पुरा गरेको जानकारी दिदै केही दिन भित्र नेपाल धितोपत्र बोर्डमा आवेदन दिने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको