Like us!
Follow us!
Connect us!
Watch us!
कोरोना कहर

जोर-बिजोर प्रणालीले यात्रुलाई झनै सास्ती, भीडभाड बढेसँगै जोखिम बढ्यो

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, १५ : ०३ मा प्रकाशित


सरस्वती अधिकारी, काठमाडौं - यतिबेला विश्व नै कोरोना महामारीबाट आक्रान्त बनेको छ । गत डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको यो भाइरसबाट एक वर्षको अवधिमा विश्वभर ६ करोड ३५ लाखभन्दा बढी मानिस संक्रमित भैसकेका छन् भने १४ लाख ७३ हजारभन्दा बढी व्यक्तिले यो भाइरसका  कारणबाट ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकलाई हेर्ने हो भने नेपालमा मात्रै  २ लाख ३३ हजार ४ सय ५२ जना यसबाट संक्रमित भइसकेका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म एक हजार ५ सय ८  जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा दैनिक एक हजारभन्दा बढी व्यक्ति यसबाट संक्रमित भइरहेका छन् ।

कोरोनाविरुद्धको  खोप परीक्षणकै क्रममा छ । केही मुलुकका कम्पनीहरूले परीक्षण सफल भएके दावी गरे पनि प्रयेगमा भने ल्याइसकेके अबस्था छैन । त्यसैले कोरोनाबाट बच्ने एकमात्र उपाय भनेको सामाजिक दूरी कायम राख्नु, अनिवार्य रुपमा मास्क लगाउनु, साबुन पानीले बारम्बार हात धुनु नै हो ।

कोरोना संक्रमण र जोखिमलाई न्यूनीकरण र नियन्त्रण गर्न नेपालमा पनि १२० दिन अर्थात् ४ महिनासम्म लकडाउन गरिएको थियो । लकडाउनका कारण अर्थतन्त्र र आम मानिसको जनजीवनमा प्रभाव पारेपछि यसको अत्य गरिएको थियो । पूर्ण तयारी बिना खोलिएको लकडाउन र बढ्दो भीडभाडले नेपालमा कोरोना संक्रमितको संख्या दिन दुई गुणा र रात चौगुना हुँदै गयो ।

यसको नियन्त्रणको जिम्मा केन्द्रीय सरकारले स्थानीय तहलाई लगायो । जहाँ संक्रमित फेला पर्छ, त्यही निषेधाज्ञा पनि जारी गरियो । लकडाउन, सटडाउन, निषेधाज्ञा सबै गरियो तर पनि कोरोना संक्रमणको जोखिम भने यथावत नै छ।

दशैँ, तिहार, छटलगायत सम्पूर्ण महत्वपूर्ण चाडहरु सकिएसँगै राजधानीलगायत देशका ठूला शहरहरुमा मानिसको आवतजावत बढेकाले भीडभाड बढ्न थालेको छ ।

योसँगै कोरोना संक्रमणको जोखिम अझै बढेको छ । भीडभाड कम गराउन र ट्राफिक जाम हुन नदिन यतिबेला जोरबिजोर प्रणाली लागू गरिएको छ । जसले गर्दा सार्वजनिक सवारी कम चलेका छन् । त्यसैले पनि यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य छन् । जोरबिजोर प्रणालीले गर्दा यात्रुहरुले अझै सास्ती खेपिरहेका छन् ।

जोरबिजोर प्रणालीले गर्दा सार्वजनिक सवारी कम चलेको र कोचियर यात्रा गर्न बाध्य भएको यात्रुहरुको गुनासो छ ।

के जोरबिजोर प्रणालीले भीडभाड नियन्त्रणमा सघाउ गरेको छ त ? जोरबिजोर प्रणालीले गर्दा सार्वजनिक सवारी चढ्न सहज भएको छ ? सार्वजनिक सवारीमा यात्रा गर्दा कतीको सुरक्षित महसुस गर्नुभएको छ ? यो विषयमा हामीले यात्रुहरुसंग प्रश्न गरेका छौं ।

हेर्नुहोस् उहाँहरु विचार जस्ताको तस्तै :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको