Like us!
Follow us!
Connect us!
Watch us!

बजार घटेपछि लगानीकर्ता भन्छन् -‘मुटुमाथि ढुङ्गा राखि हास्नुपर्या छ’

अर्थ संसार

बुधबार, २२ असोज २०८२, १६ : ०८ मा प्रकाशित

बजार घटेपछि लगानीकर्ता भन्छन् -‘मुटुमाथि ढुङ्गा राखि हास्नुपर्या छ’

सेयर बजार लगातार दोस्रा दिन पनि घटेर बन्द भएको । दशैँ पछिका दुई दिन नै बजार उच्च अंकले घटेर २५०० विन्दुमा झरेको छ । लगातार रुपमा बजार घटीरहँदा लगानीकर्ताहरुले भने निकै चिन्ता व्यक्त गरेका छन् ।  दशैँ पछिको समयमा सामान्य घट्नुलाई स्वभाविक मानिए पनि उच्च अंकको गिरावट हुँदा लगानीकर्ताको मनोविज्ञानमा नै असर परेको देखिन्छ । दशैँ अघिको अन्तिम दिन ११ अंकले बढेर बन्द भएको बजार दशैँ बिदा पछि भने लगातार रुपमा घटिरहेको छ । यो अवस्थामा लगानीकर्तालाई आँखाँ छोपी नरोउ भनि भन्नुपर्‍याछ मुटुमाथि ढुङ्गा राखि हास्नुपर्‍या छ’ भने जस्तै भएको छ । जेनजी आन्दोलन पछि नयाँ सरकार प्रति निकै आशा राखेका लगानीकर्ताहरु अहिले फेरि निराश बनेका छन् । अघिल्ला वर्षहरुमा पनि दशैँ लगतै बजार घट्ने गरेको भए पनि यत्रो ठूलो अंकको पहिरो जाने गरेको थिएन् । 

अहिले जुन रुपमा राजनीतिक अस्थिर देखिएको छ यसले लगानीकर्ताको मनोबल घटेको र बजारमा त्यसको असर देखिएको नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलको भनाइ छ । अहिलेको अस्थिरता कहिलेसम्म लम्बिन्छ भन्ने निश्चित नभएको अवस्थामा लगानीकर्ताहरु निकै पिडामा रहेको उनको भनाइ छ । अर्को तर्फ लगानीकर्ताहरुको मनोबल पनि अहिले निकै कमजोर रहेको उनी बताउँछन् । अर्को तर्फ दशैँ अघि नै पुँजी बजार सुधार सुझाब आयोगले दिएको सुझाब समेत कार्यान्वयन हुन नसकेको अवस्थामा बजारले गति लिन नसकेको उनले बताए । सुझाब कार्यान्वयन भएको भए बजार केही घटे पनि यत्रो ठूलो गिरावट नहुने उनको भनाइ छ । 

स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाट पनि अहिले बजार घट्नुको कारण अस्थिरता नै रहेको मान्छन् । बजारका लागि सबै सूचक सकारात्मक हुँदा हुँदै पनि राजनीतिक अस्थिरताले बजारलाई प्रभाव पारेको उनको भनाइ छ । अहिलेको अवस्थामा लगानीकर्ता पिडामा रहेको र पर्ख र हेरको अवस्था रहेको रानाभाटले बताए । अर्को तर्फ पुँजी बजारको सुधारका लागि दिइएको सुझाब पनि कार्यान्वयन हुन नसक्नुले बजारमा असर परिरहेको उनको भनाइ छ । अर्थमन्त्रालयले निर्देशन मात्रै दिने भन्दा पनि कार्यान्वनयमा जोड दिनु पर्ने उनले बताए । ‘अर्थमन्त्रालयले सुझाब सम्बन्धित निकायले कार्यान्वयन गर्नका लागि निर्देशन दिइ सकेको छ । निर्देशन मात्रै दिने भन्दा पनि कार्यान्वयनमा जोड दिनु पर्छ,’ उनले भने ।  
अर्थमन्त्रालयले दिएको निर्देशन समेत नियामक निकायले कार्यान्वयन गरेको अवस्थामा लगानीकर्ताको मनोबल कमजोर भएका कारणले बजार बढ्न नसकेको लगानीकर्ता तिलक कोइरालको भनाइ छ । जेनजी आन्दोलन, आगजनी, बाढी पहिरो लगायत कारणले लगानीकर्ताको मनोबल कमजोर भएकाले बजारमा नकारात्मक असर देखिएको उनले बताए । अहिले लगानीकर्ताहरु पिडामा रहेको र लगानीका लागि आस्वस्त हुन नसकेकाले बजार बढ्न नसकेको उनको भनाइ छ । 

जेनजी आन्दोलन र अहिले नेप्से र सेवोनमा भइरहेको कर्मचारीको आन्दोलनका कारणले गर्दा पनि बजार असर परेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालको भनाइ छ । बजार घट्दा लगानीकर्ताहरु मारमा परेको उनले बताए । लगानीकर्ताको मनोबल नबढ्दासम्म बजारले गति लिन नसक्ने उनी बताउँछन् । पछिल्लो समय अराजकता बढीरहेकाले बजारमा नकारात्मक असर परेको उनले बताए । ‘अहिले लगानीकर्ताहरु निकै पिडामा छन् । अराजकता बढेको छ । जेनजीका नाममा सेयर माग भएको कुरा पनि आइरहेको छ,’ उनले भने, ‘यस्ता कुराले गर्दा बजारलाई नराम्रो असर गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको