Like us!
Follow us!
Connect us!
Watch us!

२० वाणिज्य बैंकले दुई महिनामा कमाए १६ अर्ब ५९ करोड,ग्लोबल आइएमई अग्रस्थानमा

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०८२, ०९ : १४ मा प्रकाशित

२० वाणिज्य बैंकले दुई महिनामा कमाए १६ अर्ब ५९ करोड,ग्लोबल आइएमई अग्रस्थानमा

चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफामा सामान्य गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरूले भदौ मसान्तसम्ममा जम्मा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले कम हो।

समीक्षा अवधिमा १० वटा बैंकको नाफा वृद्धि भएको छ भने बाँकी १० वटाको नाफा घटेको देखिन्छ। नाफा वृद्धिको दृष्टिले सिद्धार्थ बैंक, एमएबी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंक अगाडि छन्। यता, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्रभु बैंक र नबिल बैंकको नाफा उल्लेख्य रूपमा घटेको छ।

कुल नाफाको हिसाबले ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकले दुई महिनामा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९७ प्रतिशतले वृद्धि हो। दोस्रो स्थानमा नबिल बैंक रहेको छ, जसले १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ नाफा कमाए पनि अघिल्लो वर्षको तुलनामा २०.०९ प्रतिशतले घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहँदै १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा १०.५१ प्रतिशतले घटेको हो।

अन्य बैंकहरूमा कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख, एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख, लक्ष्मी सनराइज बैंकले ९७ करोड ४१ लाख, एभरेष्ट बैंकले ९१ करोड २८ लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ५८ लाख, सिद्धार्थ बैंकले ८४ करोड ९० लाख, नेपाल बैंकले ८४ करोड २८ लाख र माछापुच्छ्रे बैंकले ४८ करोड १९ लाख रुपैयाँ नाफा कमाएका छन्।

यता, नाफा घट्ने बैंकहरूमा हिमालयन बैंक ६८.२६ प्रतिशतले, नेपाल एसबीआई बैंक ३३.५९ प्रतिशतले, कृषि विकास बैंक ३३.५० प्रतिशतले, प्रभु बैंक २५.९७ प्रतिशतले, एनआइसी एशिया बैंक १४.२६ प्रतिशतले, स्ट्याण्डर्ड चार्टर्ड बैंक १२.२१ प्रतिशतले र सिटिजन्स बैंक ५.६० प्रतिशतले पछि परेका छन्। नेपाल एसबीआई बैंकले सबैभन्दा कम ३५ करोड ४६ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको