Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०८२, ०८ : ०१ मा प्रकाशित

आजको मौसम : पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा  र हिमपातको सम्भावना रहेको जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको