दशैं–तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा यात्रु चाप अत्यधिक बढ्ने अनुमानसहित नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई मार्गका लागि नयाँ अधिकतम भाडादर सार्वजनिक गरेको छ।
नयाँ सूचीअनुसार, काठमाडौं–विराटनगर उडानको अधिकतम भाडा रु ९,७८५ तोकिएको छ। त्यस्तै, काठमाडौं–भरतपुर रु ४,६४३, काठमाडौं–भद्रपुर रु १२,११२, काठमाडौं–जनकपुर रु ५,४७०, काठमाडौं–पोखरा रु ६,६३५ र काठमाडौं–नेपालगन्ज मार्गको भाडा रु १३,१०३ कायम गरिएको छ।
यसैगरी, काठमाडौं–धनगढी मार्गमा रु १७,५७९, काठमाडौं–सिमरा रु ३,९७८, काठमाडौं–भैरहवा रु ८,४६१, काठमाडौं–राजविराज रु ८,२१०, काठमाडौं–सुर्खेत रु ९,०३० र काठमाडौं–तुम्लिङटार रु ७,६३० मा सीमित गरिएको छ।
प्राधिकरणले स्पष्ट पारेको छ—तोकेको दरभन्दा बढी शुल्क असुल्ने एयरलाइन्स वा ट्राभल एजेन्ट कारबाहीको दायरामा आउनेछन्। यात्रुहरूले आफूले तिर्ने रकमबारे सचेत रहन आग्रह गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस