अर्थ संसार
काठमडौं– विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ ।
संयुक्त अरब इमिरेट्स (दुबई) मा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले नेपाल क्रिकेट सङ्घ (क्यान) को विवादसँगै गत वर्ष निलम्बनमा परेपछिको करिब १५ महिनाको बाँकी तलब राष्ट्रिय टोलीमा अनुबन्धन भएका खेलाडीलाई उपलब्ध गराइने आइसिसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो ।
सरकारी हस्तक्षेप भएको जनाउँदै आइसिसीले गत वर्ष वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । क्यानको निलम्बनसँगै आइसिसीले बैङ्क खातासमेत रोक्का गरेपछि नेपाली खेलाडीले तलब पाएका थिएनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस