Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओ बाँडफाँड आज

अर्थ संसार

बुधबार, १५ पुस २०७७, ०८ : १७ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आइपिओ बाँडफाँड आज

चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको निमित्त निष्काशन गरेको साधारण सेयर (आइपिओ) आज (बुधबार) बाँडफाँड गर्ने भएको छ । 

कम्पनीले  आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि मङ्सिर १७ गतेदेखि पौष १ गतेसम्म प्रतिकित्ता अंकित मूल्य रु एक सय दरको ३ लाख ६ हजार ८ सय १९ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । 

उक्त आइपिओ आज दिउँसो ३ बजे ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा बाँडफाँड हुनेछ।   

उक्त सेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर (आइपिओ ) सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ  । 

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आइपिओ ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक २८ गते, शुक्रबार  अनुमति दिएको थियाे ।

सो मध्ये पहिलो चरणमा निष्काशन गरिएको ३ लाख ६ हजार ८ सय १९ कित्ता सेयरको आज बाँडफाँड गर्न लागिएको हो  । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको