चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आइपीओ) आज (शुक्रबार) बाँडफाँड हुँदैछ ।
उक्त आइपीओकाे बाँडफाँड आज बिहान १० बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा हुनेछ । आइपिओको प्रि–अलोटमेण्ट बुधबार सम्पन्न भएकाे थियो ।
कम्पनीकाे आइपीओमा १२ लाख ५१ हजार १० जना आवेदकले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १७.५३ गुणा धेरै हो ।
यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा एक लाख ३९ हजार ६ सय २ जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ११ लाख ११ हजार भन्दा धेरै जनाको हात खाली हुनेछ ।
कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ कराेड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरकाे १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस