Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरि हिल्सको आइपिओ भर्नेलाई खुसीको खबर !

अर्थ संसार

विहीबार, ०१ माघ २०७७, १४ : १४ मा प्रकाशित

चन्द्रागिरि हिल्सको आइपिओ भर्नेलाई खुसीको खबर !

चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । 

कम्पनीको हिजाे पौष २९ गते बुधबार चन्द्रगिरि हिल्स रिर्सोटमा सम्पन्न भएको ११औं वार्षिक सधारण सभाले यस्तो व्यवस्था गरेको हो ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएकाे उक्त साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो । कम्पनीको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाइएको विश्वास अनि सबैलाई सेयर पर्ने सम्भावना न्युन रहेको हुँदा सम्पूर्ण आवेदकहरूको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिएका छन् ।

स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिनुहुने १२ लाख ५६ हजार ७ सय ४६ जना आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना माघ ५ गतेदेखि १ वर्ष सम्मको लागि मान्य हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको