Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड : १० लाखको हात खालि, १० कित्ता पाउने कति ?

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, १० : ४९ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड : १० लाखको हात खालि, १० कित्ता पाउने कति ?

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आइपीओ) काे बाँडफाँड भएको छ ।उक्त आइपिओ आज (माघ ९ गते, शुक्रबार) निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा सम्पन्न भएकाे छ ।

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो। 

चन्द्रागिरी हिल्सको रिजल्ट अर्थ संसारमा, यसरी हुर्नुहोस् नतिजा

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियाे । 

गोलाप्रथाका माध्यमबाट गरिएकाे बाँडफाँडमा १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने २ जनाले ११ कित्ता शेयर पाएका छन् । बाँकी १० लाख ७७ हजार जना भन्दा धेरै आवेदककाे हात खाली भएकाे छ । कम्पनीकाे आइपीओमा १२ लाख १६ हजार ९ सय ५३ जनाले आवेदन दिएकामा ५ हजार ८ सय ३८ जना आवेदकको आवेदन रद्ध भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको