Like us!
Follow us!
Connect us!
Watch us!

सहुलियतपूर्ण कर्जा प्रवाह गराउने सम्बन्धमा सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच सम्झौता

अर्थ संसार

विहीबार, १६ पुस २०७७, १६ : ४५ मा प्रकाशित

सहुलियतपूर्ण कर्जा प्रवाह गराउने सम्बन्धमा सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालकाबीच सहुलियतपूर्ण वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा यस बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहगर्ने भएको छ । 

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गरिने छ । विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उदेश्यका बैंकले यो सम्झौता गरेको हो । मिहिनेत गर्न सक्ने उमेर, जोशजाँगर, विदेशबाट आर्जित शिप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहल कदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ । 

बिदेशमा रहँदा रोजगारीमा मात्रै केन्द्रित हुनुपर्ने कारणले गर्दा व्यावसायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लगानी योग्य पूंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई मत्थर पार्न यस सम्झौताले सहज पार्नेछ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले देशै भरी छरिएका १०९ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियतकर्जा उपलब्ध गराउँदै आएको छ । 

बैंकले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको