Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक 'कर्पोरेट पे' प्रणालीमा आबद्ध

अर्थ संसार

बुधबार, १४ माघ २०७७, १६ : ५५ मा प्रकाशित

सिटिजन्स बैंक 'कर्पोरेट पे' प्रणालीमा आबद्ध

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच 'कर्पोरेट पे' प्रणालीको कार्यान्वयनका लागि सम्झौता भएको छ । यस प्रणाली अन्तगर्त बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस तथा आइपीएसमा भुक्तानी कारोबारहरु गर्न सक्ने बैंकले जानकारी दिएको छ । 

'कर्पोरेट पे'मा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र साधारण आवेदनको स्वीकृति लगायतकाआवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्तगर्न सकिनेछ । यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकमा उपस्थित नभई नै गर्न सक्दछन्, भने सो सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात प्रक्रिया अगाडी बढाउने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ भने, कुनैपनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ  । साथै ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको