Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको विशेष साधारण सभा आज, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

विहीबार, १५ माघ २०७७, ०८ : ०५ मा प्रकाशित

सिटिजन्स बैंकको विशेष साधारण सभा आज, यस्ता छन् पारित हुने एजेन्डा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको विशेष साधारण सभा आज (माघ १५ गते, बिहिबार) हुँदैछ ।

बैंककाे विशेष साधारण सभा बैंकको प्रधान कार्यालय रहेकाे भवन, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि वेभिनारकाे माध्यमबाट सञ्चालन हुनेछ । विशेष साधारण सभामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । 

सभामा सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९६ शेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइनेछ । 

यसैगरी, सभामा बैंकको अधिकृत पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि पेश हुनेछ । त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त माघ २ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे थियाे । त्यसैले, माघ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको