Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

अर्थ संसार

मंगलबार, २० माघ २०७७, २० : ०० मा प्रकाशित

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५, झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । 

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । त्यस्तै बैंकले ४७ एक्स्टेन्सन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा २४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकमा हाल २१ लाख बढी ग्राहक रहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको