Like us!
Follow us!
Connect us!
Watch us!

दुई लाख नगदसहित ७ जुवाडे पक्राउ

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, १५ : ०० मा प्रकाशित

दुई लाख नगदसहित ७ जुवाडे पक्राउ

दाङको घोराहीबाट दुई लाख नगदसहित ७ जुवाडे सात जुवाडे पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा घोराही ९ का ३८ वर्षीय प्रज्वल शाह, सोही ठाउँका ५४ वर्षीय होमबहादुर केसी, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १६ का ३३ वर्षीय धिरण शाह, घोराही १३ का २० वर्षीय सुनिल पुन मगर, घोराही ७ का २२ वर्षीय पंकज पन्त र रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ का २२ वर्षीय विजय गाहा मगर रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए। 

उनीहरूलाई गएराति साढे १० बजे तिर घोराही उपमहानगरपालिका वडा नं. ७ तेघरा गाउँमा जुवा खेलिरहेको अवस्थामा  पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् । 

त्यस्तै, उनीहरूको साथबाट दुई लाख २० हजार सात सय रकम पनि बरामद भएको एसपी चन्दले बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको