Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

अर्थ संसार

आइतबार, २५ माघ २०७७, १० : २७ मा प्रकाशित

नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

“पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ”, उनले भनेका छन् । उनका अनुसार पक्राउ परेकाबाट नक्कली एक हजारको एक थान र ५०० का दुई थान नोट बरामद गरिएको छ । यसैगरी विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिकल राखेको भाँडो एक थान र स्टिलका थाल दुई थान बरामद गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको