Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई ट्राभल्सद्वारा नाट्टाको भवन निर्माणमा आर्थिक सहयोग

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, १५ : ११ मा प्रकाशित

आइएमई ट्राभल्सद्वारा नाट्टाको भवन निर्माणमा आर्थिक सहयोग

आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा नेपाल एसोसिएसनअफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगका लागि रू. १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

ट्राभल्सको केन्द्रीय कार्यालय काठमाडौंमा बिहिबार आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा आइएमई ट्राभल्सका संचालकद्वय सरिता ढकाल एवम् अर्जुन शर्मा पौडेल, प्रमुखकार्यकारी अधिकृत बिनोद सापकोटा र नाट्टाकामहासचिव सुधिर उपाध्यायको उपस्थिति रहेको थियो ।

साथै, आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसर पारेर पर्यटन विकासमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै बिभिन्न ग्राहकमूखी योजनाल्याएको छ । बैंकिङ्ग, रेमिटेन्स, इन्सुरेन्स लगायतका व्यावसायिक क्षेत्रमा आफुलाई अब्बल साबित गर्दै आइरहेको आइएमई समुहले पर्यटनक्षेत्रको समग्र बिकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

२५औँ वार्षिकोत्सवका अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र वस्तु स्थिति नियाल्ने पहिलो आँखा पर्यटन उद्योग र यससँग सम्बन्धित क्षेत्र रहेकाले सम्पूर्ण व्यवसायी मित्रहरुलाई पर्यटन विकासका लागि जुट्न आग्रह गर्दै कोरोना महामारीकाबीच स्वास्थ्य सम्बन्धि मापदण्ड पुर्णरुपमा पालना गर्दै आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदन्डभित्र रहेर अझबिशेष भूमिका खेल्न आग्रह गर्नुभयो ।

आइएमई ट्राभल्सका प्रमुखकार्यकारी अधिकृत बिनोद सापकोटाले पर्यटन बिकासका लागि आइएमई ग्रुपले हालसम्म खेलेको भूमिकाको स्मरण गर्दै पर्यटन बिकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा बिस्तार गर्ने जानकारी दिनुभयो। प्रमुखकार्यकारी अधिकृत सापकोटाले कोरोनाले बाह्रयपर्यटन विस्तारमा केही ढिला हुने देखिएकाले आन्तरिक पर्यटन विस्तारलाई जोड दिँदै यससँगसम्बन्धित सम्पूर्ण क्षेत्रलाई चलायमान बनाउदै समस्त ट्रेड साझेदारहरु, ग्राहकहरू र शुभचिन्तकहरूले दिनु भएको  निरन्तर समर्थन र विश्वासका लागि धन्यवाद दिँदै आगामी दिनमा सवैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको