Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र कर्मभुमी समाजबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १७ : ०५ मा प्रकाशित

सिटिजन्स बैंक र कर्मभुमी समाजबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कर्मभुमी समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ ।

सिटिजन्स बैंक लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न यस बैंकले सदैव मद्दत गर्दै आएका छ ।

नेपाली जनशक्तिलाई रोजगारी र उद्यममाजोड्नसहजहोस् भन्ने उदेश्यका साथ बैंकले यो सम्झौता गरेको हो । मिहिनेत गर्न सक्ने उमेर, जोश,जागर,आर्जित सिप, प्रविधिलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।

कर्मभुमी समाजले व्यावसायिक ज्ञानको कमि, नेपालीबजारको यथार्थ जानकारी नहुने,नीति, नियम र प्रणालीसंग परिचित नहुने,व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुने,वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लघु, साना तथा मझौला उद्यमीहरुले भोग्नु परेको समस्याहरुलाई समाधान गर्न सहजकर्ताको भुमिका निर्वाह गर्नेछ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको