Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरु बैंकको सेयरप्रति आकर्षित हुँदै

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १८ : १९ मा प्रकाशित

लगानीकर्ताहरु बैंकको सेयरप्रति  आकर्षित हुँदै

केही दिन अघिदेखि लघुवित्तको सेयरमा आकर्षित हुँदैआएका लगानीकर्ताहरु सोमबार भने बैंकिङ समूहमा पनि आर्षित भएका छन् । सोमबार बैंकिङ समूह ६२.७२ अंकले बढेको छ ।

नेप्से ३७.४८ अंकले बढेसँगै बैंकको सेयर खरिदबिक्रीमा चाप बढेको छ ।सोमबार सेयर बजारमा  प्रभु बैंक लिमिटेड, प्रभु बैंक लिमिटेडको प्रोमोटर सेयर, सनराइज बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड लगायतका बैंकको सेयरमा लगानीकर्ता झुमिएका छन् । अब बिस्तारै बैंकिङ क्षेत्रको सेयर बढ्ने सेयर लगानीकर्ताहरुको भनाई छ ।

सोमबार नेप्से परिसूचक ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा पुगेको हो  । नेप्से १.४८ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ७.२८ अंकले बढेर ४६६.६० अंकमा पुगेको छ ।

कुल २ सय ५ वटा कम्पनीको १ करोड ९३ लाख ३२ हजार ७२६ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १७ करोड ६५ लाख ९१ हजार ३२७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको