Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसि बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १० : ४३ मा प्रकाशित

एनसिसि बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक  लिमिटेडले संस्थापक समूहका केहि सेयरहरू बिक्री गर्ने भएको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १३ लाख ६४ हजार ६०४ कित्ता सेयर बिक्री गर्न लागेको हो । 

संस्थापक समूहको सेयरहरू बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान गरेको हुनाले उक्त सेयरहरू खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । 

साथै सूचनाको म्यादभित्र संस्थापक सेयरधनीबाट उल्लेखित सेयर खरिदा गर्न कुनै प्रस्ताव नआएको अवस्थामा प्रस्तावित/अन्य खरिदकर्तालाई उक्त संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने पनि बैंकले जनाएको छ । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

603c754339b79.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको