Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्घाटन

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १२ : ०० मा प्रकाशित

नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्घाटन

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा महिलाहरुको महान चाड तीजलाई लक्षित गरी 'ट्रेड शो तीज स्पेशल २०२३'  को आयोजना गरिएकाे छ । नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका विविध सामाग्रीहरुको प्रदर्शन तथा बिक्री प्रवद्धन महिलाहरुमा उद्यमीशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरे ।

आफ्नो उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरुको सर्वागिंण विकासको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरुको उद्यमशीलताको विकास तथा सामाजिक, सास्कृतिक तथा आर्थिक कृयाकलापहरुमा महिलाहरुको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे । महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हाशिल गर्न सक्ने बताउँदै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाइ धन्यवाद व्यक्त गरे ।

सो अवसरमा लोकप्रिय गायिका रेखा शाह,नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए ।

नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको र आज सम्पन्न हुने उक्त एक दिने मेलामा सांगितिक कार्यक्रम, फेसन शो नृत्य लगायतका कार्यक्रम समावेश भएको जानकारी दिए ।  अन्तमा महिला चेम्बरका विविध कार्यक्रमहरुबारे जानकारी दिँदै सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको