Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न सकेन : अध्यक्ष मल्ल

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १७ : ३२ मा प्रकाशित

सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न सकेन : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको बताएका छन् । आज मंगलवारबाट शुरु भएको क्यान इन्फोटेक- २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले नेपाल सूचना र प्रविधिको क्षेत्रमा धेरै अघि बढ्नुपर्ने भएपनि हालसम्म सोचेअनुसारको अघि बढ्न नसकेको बताए । उनले आगामी दिनमा मुलुकलाई डिजिटलाइजेशनमार्फत सूचना प्रविधिको विकास गरी सूचना प्रविधिमा आत्मनिर्भर बनाउनुपर्ने बताए । 

उनले आइटी अध्ययनरत विद्यार्थीहरुलाई पार्ट टाइम जबका लागि सरकारले उद्योग व्यवसाय क्षेत्रमा लगाउनुपर्ने बताए । अध्यक्ष मल्लले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न आईटी कम्पनीहरु खोल्नुपर्ने बताए । 

उनले आईटी क्षेत्रलाई प्रवद्र्धन गर्नसके नेपालमा रोजगारी सिर्जना हुनुका साथै विदेश पलायन भइरहेका नेपाली विद्यार्थीहरुलाई नेपालमै रोक्न सकिने बताए । अध्यक्ष मल्लले कुनैपनि विदेशी कम्पनी नेपालमा आउँदा कम्पनीमा ज्वाइन्ट भेन्चर्स सिस्टम लागू गर्न आवश्यक रहेको बताए ।

उनले विदेशी कम्पनीहरुसँग नेपालका कम्पनीहरुले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताए । उनले देशको अर्थतन्त्रको सूचक नकारात्मक रहेकाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लाग्नुपर्ने बताए  । उनले हहिले बैंकको ब्याजदर पनि घट्नसक्ने अवस्था रहेको बताए । उनले बैंकहरुले ऋण प्रवाह गर्ने दर एउटै बनाउनुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको