Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता मालामाल

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १५ : ०६ मा प्रकाशित

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता मालामाल

लामाे समयपछी आज (साेमबार) सेयर बजारमा हरियाली छाएकाे छ ।

साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ मा पुगेकाे छ । नेप्से १.६४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.४७ अंकले बढेर ४५३.७५ मा पुगेको छ । कूल २०९ वटा कम्पनीकाे एक कराेड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८ सय ३१ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: चन्द्रागिरी हिल्स लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, बरूण हाइड्राेपावर कम्पनी लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, लाइफ इन्स्याेरेन्स कर्पाेरेशन लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् । 

603cb4b024f9c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको