Like us!
Follow us!
Connect us!
Watch us!

स्नो रिभर्सको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता सेयर, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

मंगलबार, १२ जेठ २०८३, ११ : ०९ मा प्रकाशित

स्नो रिभर्सको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता सेयर, कसरी हेर्ने नतिजा ?

स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो ।

आईपीओमा ७७ हजार ८१२ जना आवेदकले मात्रै १०÷१० कित्ताका दरले सेयर पाएका छन् । सोहि मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पारेका हुन् । कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावितलाई र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ ।

कम्पनीले बाँकी सेयरमध्ये ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि र १८ हजार ७५० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी बसेको ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट: https://www.sanima.capital/ipo

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको