Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासनको माग गर्दै ३ कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, २० : ५६ मा प्रकाशित

आईपीओ निष्कासनको माग गर्दै ३ कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै ३ कम्पनीले आवेदन दिएका छन् । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड, भगवती स्टिल इन्डस्ट्रिज लिमिटेड र एशियन कन्क्रिटो लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् ।

डोलेश्वरले १६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ भने एशियन कन्क्रिटो लिमिटेडले १० लाख ६२ हजार ५ सय कित्ता साधारण सेयरका लागि आवेदन दर्ता गराएको छ ।

भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा १५ लाख कित्ता सेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीले प्रिमियम सहित २ सय ३३ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको