Like us!
Follow us!
Connect us!
Watch us!

अख्तियार प्रमुख कार्कीलाई सर्वोच्च अदालतमा हाजिर हुन विवेकशिल नेपालीको पत्र

मंगलबार, ०२ कार्तिक २०७३, १४ : ३३ मा प्रकाशित

अख्तियार प्रमुख कार्कीलाई सर्वोच्च अदालतमा हाजिर हुन विवेकशिल नेपालीको पत्र

 

अर्थ संसार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका नाममा सर्बोच्चले उपस्थित हुन जारी गरेको म्याद पत्र उनका आसेपासेले घरमा टाँस्न नदिएपछि विवेकशिल नेपाली दलको कानुन शाखाले अनलाइनमार्फत सार्बजनिक गरेको छ । उसले कार्कीलाई सम्बोधन गरेर भनेको छ,

‘प्रमुख आयुक्त ज्यु,

अख्तियार दुरुपायोग अनुसन्धान आयोग

३ करोड नेपालीले सर्बोच्च अदालतको म्याद बारे जानकारी पाए, यहाँले पाउनु भो  ?

अली कती पनि नैतिकता बाकी छ भने सर्बोच्चको म्याद पटक पटक जारी भएको र म काम बिशेषले हाल क्यानाडा र अमेरिकामा रहेको हुँदा नेपाल फर्किने बित्तिकै उपस्थित हुनेछु भन्नुस् ।’

कार्की १० दिनको बिदा लिएर क्यानडा गएका थिए । त्यसयता उनी सम्पर्कमा छैछन् । नेपालमा सर्बोच्च अदालतले खोजेपछि उनले थप विदा मागेका थिए ।  उनी क्यानडाबाट अमेरिकातिर छिरेको आशंका विवेकशिल नेपाली दलले गरेको छ । उसले कार्कीलाई अमेरिका र क्यानडाबाट देशनिकाला गर्न आग्रह गर्दै अनलाइनमार्फत हस्ताक्षर अभियान सुरु गरेको छ । 

चेन्ज डट ओर्गमा सुरु गरिएको हस्ताक्षर अभियान तोकिएको हस्ताक्षर संख्या पूरा भएपछि अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस र क्यानडा सरकारको अध्यागमन विभागमा बुझाइने बताएको छ । 

असंवैधानिक नियुक्तीबारे प्रश्न गर्दै कार्कीको मुद्दा पुन सुनुवाइ गर्ने सर्वोच्च अदालतले आदेश गरेको थियो । त्यसयता कार्कीले अदालतको म्याद बुझ्न अस्वीकार गर्दै आएका छन् ।  कानुनको धज्जी उडाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बजारमा रमिता देखाएका छन् । उनले आफ्ना आसेपासेलाई प्रयोग गरेर घरमा म्याद टाँस्न रोकेका छन् । सर्वोच्च अदालतको टोलीले  कार्कीको नयाँ बानेश्वरस्थित घरमा सोमबार म्याद टाँस्ने प्रयास गरेको थियो  ।  

तपाईं पनि कार्कीलाई अदालतमा उपस्थित हुन दवाव दिन हस्ताक्षर गर्न चाहनु हुन्छ भने यो लिंकमा जानुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको