Like us!
Follow us!
Connect us!
Watch us!

सुर्यज्योति लाइफको संस्थापक सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, १० असार २०८३, १५ : १३ मा प्रकाशित

सुर्यज्योति लाइफको संस्थापक सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी नन्द किशोर शर्माको नाममा रहेको ३ लाख २० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । 

कम्पनीले प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँमै सेयर बिक्रीमा राखेको हो । यसमा कम्पनीका संस्थापक सेयरधनी सहित सर्वसाधारण लगायत इच्छुक सबैले खरीद गर्न सक्नेछन् । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।

यसमा आज असार १० गतेदेखि असार १८ गते बोलपत्र पेश गरिसक्नु पर्नेछ । यस्तो बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको