Like us!
Follow us!
Connect us!
Watch us!

अब नागरिकको मौखिक अनुरोधमै खाता रोक्का हुने, बैंकहरूले २४ सै घण्टा सेवा दिनुपर्ने

अर्थ संसार

विहीबार, ११ असार २०८३, १० : ३३ मा प्रकाशित

अब नागरिकको मौखिक अनुरोधमै खाता रोक्का हुने, बैंकहरूले २४ सै घण्टा सेवा दिनुपर्ने

बढ्दो साइबर तथा वित्तीय अपराधको अनुसन्धानलाई थप प्रभावकारी र तीव्र बनाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा महत्वपूर्ण संशोधन गरेको छ।

नयाँ व्यवस्था अनुसार अबदेखि कुनै पनि कसुरको अनुसन्धान गर्ने निकाय वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिक वा लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाताहरू अल्पकालीन अवधिका लागि तत्काल रोक्का राख्नुपर्नेछ।

यस आकस्मिक प्रक्रियालाई व्यवस्थित गर्न केन्द्रीय बैंकले बैंकहरूलाई २४ सै घण्टा (२४/७) कार्य गर्ने गरी आवश्यक जनशक्ति परिचालन गर्न र आफ्नो वेबसाइटमा खाता रोक्का सम्बन्धी कामका लागि एउटा छुट्टै 'डेडिकेटेड कन्ट्याक्ट नम्बर' राख्न निर्देशन दिएको छ। यसअघि नै खाता रोक्का प्रक्रियालाई डिजिटल बनाइसकेको राष्ट्र बैंकले डिजिटल ठगीका घटनामा पीडितको रकम तुरुन्तै सुरक्षित गर्न र लिखित पत्र पर्खिँदा हुने ढिलाइलाई अन्त्य गर्न मौखिक निर्देशनकै भरमा पनि तत्काल खाता रोक्का हुने यो नयाँ व्यवस्था लागू गरेको हो।

यसअघि  बैंकहरूले खाता रोक्का वा फुकुवाका लागि चिठीपत्र वा फ्याक्सको भर पर्नुपर्ने व्यवस्था अन्त्य भइसकेको थियो । यसअघिनै राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले खाता रोक्का तथा फुकुवा सम्बन्धी सूचना वा निर्देशन राष्ट्र बैंकको आधिकारिक वेबसाइट (http://acstatus.nrb.org.np) मार्फत प्राप्त गर्नेसक्ने व्यवस्था गरेको थियो । बैंकहरूलाई उपलब्ध गराइएको युजर आईडी र पासवर्ड प्रयोग गरी सोही वेबसाइटमा आएको निर्देशनलाई मात्र आधिकारिक मानी तत्काल कार्यान्वयन गर्नुपर्ने र यसरी खाता रोक्का वा फुकुवा गरिसकेपछि सोको जानकारी अनिवार्य रूपमा 'सुपरभाइजरी इन्फर्मेसन सिस्टम' मार्फत राष्ट्र बैंकलाई गराउनुपर्ने व्यवस्था थियो।

 वित्तीय अपराध नियन्त्रणका लागि बैंकहरू २४ सै घण्टा खटिनुपर्ने भएको छ भने अनुसन्धान प्रक्रियालाई अझ तीव्र बनाउन अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनकै भरमा पनि बैंक खाता तत्काल रोक्का गर्नुपर्ने नयाँ व्यवस्था गरिएको हो।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको